२०८० जेठ २७ शनिवार

राशिफल

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदै

काठमाण्डौ  :  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । यो खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

दशरथ रंगशालामा नै हुने आजको दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र मछिन्द्रबीचको खेल बेलुका ६ बजे सुरु हुनेछ ।

यस्तै च्यासल मैदानमा एपीएफ क्लब र संकटा क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।