२०८० जेठ २७ शनिवार

राशिफल

‘पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि छानबिन होस’

काठमाडौं  : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भनी आरोपितले दिएको बयानका आधारमा पूर्वप्रधानमन्त्रीको स्वकीय सचिवमाथि समेत छानबिन गर्न माग गरेका छन् ।

यो प्रकरणमाथि अनुसन्धा अगाडि बढ्दा उत्साहित भएको उनले बताए ।

काँटछाँट गरिएको फ्लिम हेरेर रास्वपा नबस्ने भन्दै उनले नाम जोडिएको भनिएका आएजीपी, पूर्वसचिव, पूर्वमेयर, पूर्वप्रधानमन्त्रीको स्वकीय सचिव समैमाथि छानबिन गर्न माग गरेका हुन् ।