काठमाण्डौ : एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा आज नेपालले काजकिस्तानसँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बेलुका ५ बजे सुरु हुनेछ । आजको खेलमा काजकिस्तानलाई हराए नेपाल फाइनल पुग्नेछ । नेपाल समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । काजकिस्तान समूह ‘बी’ को विजेता टोली हो ।
आज हुने अर्को सेमिफाइनलमा भारत र उज्वेकिस्तानबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुनेछ ।
तपाइँको प्रतिक्रीया