काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गरिएकाहरुको शुक्रबारदेखि अदालतमा बयान लिन थालिने भएको छ ।
गत बुधबार मुद्दा दायर गरिएका १६ जनाको काठमाठौं जिल्ला अदालतमा शुक्रबार बयान लिन सुरु गरिन लागेको हो । प्रहरीले उक्त प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको छ ।
प्रतिवादी बनाइएका १४ जना भने अहिले पनि फरार छन् । प्रहरीले पक्राउ परेकाहरुलाई हिरासतमा प्रारम्भिक बयान लिएर गत बुधबार अभियोजनपत्र दर्ता गरेको थियो ।
तपाइँको प्रतिक्रीया