काठमाडौ : प्रतिनिधिसभाबाट शुक्रबार सरकारको नीति तथा कार्यक्रम पारित गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको हो ।
बैठकको सुरुमा नीति तथा कार्यक्रममाथि धारणा राख्न बाँकी रहेका सांसदहरुले बोल्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले जवाफ दिनु हुनेछ भने त्यसपछि नीति तथा कार्यक्रममाथि परेका संशोधन प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र शुक्रबार नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।
तपाइँको प्रतिक्रीया