२०८० असोज ९ मङ्गलबार

राशिफल

भारतको रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु

काठमाडौं  :  भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो।अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर–हावडा सुपरफास्ट ट्रेन पनि त्यसमा ठोक्किएको थियो।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ ।