२०८० असोज ८ सोमबार

राशिफल

सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई कर्मचारीको शव फेला

काठमाडौं :  सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ।

आज मं‌गलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी निकालेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार दुई जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको पहिचान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।