काठमाण्डौ : जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर–१३ मा खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा नरबहादुर बस्नेतका ८ वर्षका छोरा पाण्डव बस्नेत र टीकाराम बस्नेतका ९ वर्षका छोरा प्रमोद बस्नेत रहेका वडाअध्यक्ष यज्ञबहादुर बटालाले जानकारी दिनुभयो । उनीहरु हिजो स्कुल छुटेपछि पौडी खेल्न गएका थिए ।
यस्तै दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ । लमही नगरपालिका–४ बुड्कवाका सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरीको डुबेर ज्यान गएको लमही–४ का वडाअध्यक्ष सुवास न्यौपानेले जानकारी दिनुभएको छ ।
तपाइँको प्रतिक्रीया