२०८० असोज ८ सोमबार

राशिफल

२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दै

काठमाण्डौ  : एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ । चाईनिज ताइपेइ एक अंकका साथ तेस्रो स्थानमा छ । चीन ६ अंकका साथ शीर्ष र म्यान्मार ४ अंक जोडेर दोस्रो स्थानमा छ ।