२०८० असोज ८ सोमबार

राशिफल

कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गयो

काठमाडौं :  कञ्चनपुरमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८ गोबरियाका ३५ वर्षीय भुवनराज भट्टको आज शुक्रबार साँझ नहरमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

नहरमा पानी लगाउन भन्दै घरबाट गएका भट्ट अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भट्टलाई नहरमै पानीमा डुबेको अवस्थामा मृत भेटेको हो ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।