सार्वजनिक बिदामा आयोग र अन्तर्गतका कार्यालय खुला रहने
काठमाण्डाै : प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म बिदाका समयमा पनि निर्वाचन आयोग र अन्तर्गतका कार्यालय खुला रहने भएको छ । आयोगले आज बिहीवार एक प्रेस विज्ञप्ति निकालेर आउँदाे मङ्सिर ४ गते आइतवारका दिन एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य चुनावकाे अन्तिम मतपरिणाम सार्वजनिक नहुँदासम्म आयोगको सचिवालय...